नेशनल लाइफले शेयर किन्दा हिमालयन बैंकको सर्वाधिक कारोबार, यी १०मा झुम्मिए लगानीकर्ता

१६ कार्तिक २०८२, आईतवार १५:०७

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३०.७५ अंकले बढेर २६३१ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै आज कारोबार रकम पनि बृद्धि भएको छ । आइतबार विभिन्न सेक्टरका ३१९ वटा कम्पनीहरुको नौ अर्ब २० करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ । जसमा आज हिमालयन बैंकको प्रमोटर शेयरको उच्च कारोबार भएको छ । बैंकको आज एक अर्ब ६६ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्सले उक्त शेयर खरिद गरिरहेको छ ।

त्यस्तै, युनियन हाइड्रोपावरको ३४ करोड ३० लाख रुपैयाँ, बुटवल पावर कम्पनीको २५ करोड ४८ लाख रुपैयाँ, राधि विद्युतको २४ करोड ५० लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*