बैतडीमा ट्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु, चालक बेपत्ता

१६ कार्तिक २०८२, आईतवार १५:४१

काठमाडौं । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिण्याखेत जाने क्रममा सोही वडाको गडीघाढी भन्ने स्थानमा सुपप्र ०२ ००१ त १३८१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर मालिका ७५ वर्षीय हरुवा साउँदको मृत्यु भएको हो।

उनका नाती अन्दाजी २० वर्षीय महेश साउँद घाइते भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक इन्द्रराज भट्टको नेतृत्वमा प्रहरी टोली घटनास्लतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक बलदेव बडुले जानकारी दिए ।

ओरालोमा ब्रेक फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको अनुमान गरिएको छ । ट्याक्टर करिब ४० मिटर तल खसेको छ । ट्याक्टर चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*