आरएसडिसी लघुवित्तद्वारा लाभांश घोषणा

१६ कार्तिक २०८२, आईतवार १६:१२

काठमाडौँ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१।०८२ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापूँजीको ८ प्रतिशत नगद (८ करोड २७ लाख २५ हजार रुपैयाँ) लाभांश (करसहित) दिने निर्णय गरेको हो ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले १२औं वार्षिक साधारण मंसिर १२ गते बुटवलमा बस्ने गरी बोलाएको छ । जसका लागि कम्पनीले कात्तिक २५ गते बुक क्लोजको मिति तय भएको छ ।

1762075451520

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*