हबिब बैंकको हिमालयन बैंकमा रहेको शेयर खरिद, २ करोड ८० लाख कित्ता संस्थापक शेयरधनी बन्यो नेशनल लाइफ

काठमाडौं । पाकिस्तानको हबिब बैंक लिमिटेडको नाममा रहेको हिमालयन बैंकको शेयर नेशनल लाइफले खरिद गरेको छ । दुई दिन खरिद प्रकृयामार्फत अघि बढाएर नेशनल लाइफ इन्स्योरेन्सले पाकिस्तानको हबिब बैंक लिमिटेडको नाममा रहेको हिमालयन बैंकको सबै संस्थापक शेयर खरिद गरेको हो ।
नेशनल लाइफका सिईओ सुरेश प्रसाद खत्रीले बिहिबार र आईतबार गरी नेप्सेको अनलाइन ट्रेडिङ सिस्टमबाट म्याचिङ कारोबार गरेर १ करोड ४० लाख ६ हजार २ सय १७ कित्ता शेयर खरिद सम्पन्न भईसकेको बीमापोष्टलाई जानकारी दिएका छन् ।
केन्द्रिय बैंकले अन्तिम स्वीकृति दिएपछि हबिबले शेयर बेच्ने र नेशनल लाइफले शेयर खरिद गर्न प्रक्रिया सम्पन्न भएको हो।
नेशनल लाइफले आज नेप्सेको अनलाइन ट्रेडिङ सिस्टमबाट म्याचिङ कारोबार गरेर १ करोड ४० लाख ६ हजार २ सय १७ कित्ता शेयर खरिद गरेको हो । दुई दिन लगाएर हबिब बैंकको नाममा रहेको हिमालयन बैंकको सस्थापक शेयर कारोबार भएको देखिन्छ ।
नेशनल लाइफले ११८.८८ को दरले शेयर खरिद गरेकोले कुल १ अर्ब ६६ करोड ५० लाख ५९ हजार ७६ रुपैयाँको कारोबार भएको छ । यस अघि बिहीबार नेशनल लाइफले १ करोड ४० लाख ६ हजार २ सय ३० कित्ता शेयर खरिद गरेको थियो।
यो सँगै कम्पनीले हबिब बैंकले बिक्री गर्ने भनेको सम्पूर्ण २ करोड ८० लाख १२ हजार ४ सय ४७ कित्ता शेयर खरिद गरेको छ । यी शेयर खरिद गरेसंगै नेशनल लाइफ हिमालयन बैंकको सबैभन्दा ठूलो शेयरधनी बनेको छ ।
यसअघि नेपाल रि इन्स्योरेन्स कम्पनीले उक्त शेयर किन्ने चर्चा भएपनि नेशनल लाइफले भने राष्ट्र बैंकबाट हबिब बैंकको संस्थापक शेयर खरिद गर्न स्वीकृत गर्न अनुमति पाएको थियो । सो कारण कम्पनीले प्रकृया अघि बढाएको थियो । बिब बैंकले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता ११२.८० रुपैयाँ कायम गरेकोमा नेशनल लाइफले सो भन्दा बढीमा सबै शेयर खरिद गर्ने गरि प्रस्ताव गरेको थियो ।
त्यसपछि राष्ट्र बैंक र बीमा प्राधिकरणको अन्तिम स्वीकृतिपछि हबिब बैंकको नाममा रहेको हिमालयन बैंकको शेयर बिक्री भएको हो।













