ब्याज आम्दानीसँगै आरएसडीसी लघुवित्तको नाफा घट्यो

१७ कार्तिक २०८२, सोमबार १०:२९

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आवको असोज महीनाको तुलनामा चालू आवको असोज महीनामा घटेको कम्पनीले आजै प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ।

कम्पनीले गत आवको असोज मसान्तसम्म २ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर खुद नाफा २ करोड ११ लाख रुपैयाँमा झरेको हो।

अघिल्लो वर्ष कम्पनीले ६ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यस वर्ष ब्याज आम्दानी घटेर ४ करोड ४८ लाख रुपैयाँमा झरेको छ। खुद ब्याज आम्दानीमा गिरावट भएसँगै कम्पनीको नाफा समेत प्रभावित भएको हो।

कम्पनीको कुल सञ्चालन आम्दानी ६ करोड ७६ लाख रुपैयाँबाट घटेर ४ करोड ६९ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा ३ करोड ७२ लाख रुपैयाँबाट घटेर ३ करोड रुपैयाँमा झरेको छ।

यता कम्पनीको खराब कर्जा २.५७ प्रतिशतबाट बढेर ४.४४ प्रतिशत कायम भएको छ भने प्रतिशेयर आम्दानी ११.०५ रुपैयाँबाट घटेर ८.१७ रुपैयाँमा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १२८.०४ रुपैयाँ कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*