शेयर बजारमा करेक्सनः कारोबार पनि खुम्चियो, घट्ने त्रासले लगानीकर्ता नाफा बुक तिर हाबि!

१७ कार्तिक २०८२, सोमबार १५:०७

काठमाडौँ । शेयर बजारमा केही करेक्सन देखिएको छ । दुई दिनको सुधारपछि आज बजार घट्न पुगेको छ । लगानीकर्ताले यसलाई सामान्य करेक्सनको रुपमा लिएका छन् भने कतिपयले माफिया र ठुला लगानीकर्ताको चलखेलको संकेतको रुपमा बुझेका छन् । राजनीतिक अस्थिरता अझै कायम रहेको र तोकिएको समयमा निर्वाचन हुन सक्ने वा नसक्ने अन्यौलले लगानीकर्तामा त्रास कायम राखेको छ । यस कारण लगानीकर्ता जोखिम लिन डराइरहेका छन् र थोरै नाफा भएपछिको बुकिङमा जोड दिइरहेका छन् ।

यद्यपि, नेपाल राष्ट्र बैंकले बजारलाई प्रभावित गर्ने केही नीतिहरूमा सुधार गरेपछि लगानीकर्तामा उत्साह देखिएको छ। दशैं र तिहारको चहलपहलले केही दबाब सिर्जना गरे पनि बजार अब सकारात्मक दिशातर्फ अघि बढिरहेको छ। लगानीकर्ताले पनि बजारमा देखिएको सुधारलाई सकारात्मक रुपमा लिएका छन्।

बजार सुधारमा सहयोग पुर्याउने अन्य कारकहरूमध्ये ब्याजदरमा निरन्तर गिरावट र सरकार तथा नियामक निकायको उदारवादी दृष्टिकोण महत्वपूर्ण रहेको छ। यी सकारात्मक नीतिहरू र लगानीकर्ताको मनोबल वृद्धिका कारण आगामी समयमा शेयर बजार सुधारतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२४ अकंले घटेर २६२२.८९ बिन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको १ करोड २१ लाख ८५ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५ करोड २२ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ७ समूहको शेयर मूल्यमा गिरावट देखिएको छ । आज वाणिज्य बैंक समूहको ०.२२ प्रतिशत, फाइनान्स समूहको ०.१२ प्रतिशत, हाइड्रोपावर समूहको १.०५ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.७० प्रतिशत र जीवन बीमा समूहको १.०५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यता, ७२ कम्पनीको शेयर मूल्यमा सुधार आएको छ भने १७२ कम्पनीको शेयर मूल्य घटेको हो ।

सोमबार दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज शिवम सिमेन्टको शेयर सर्वाधिक कारोबार भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*