मुक्तिनाथ कृषि कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट
१७ कार्तिक २०८२, सोमबार १५:१३

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२.८९ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेपनि दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज मुक्तिनाथ कृषि कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
साथै, विभिन्न बैंकका डिभेन्चरहरु, रिभर फल्स पावर, शिवम् सिमेन्ट, रावा इनर्जी, समृद्धि फाइनान्स लगायतका कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ ।














