शतप्रतिशत हकप्रद शेयर जारी गर्ने विन्ध्यवासिनी हाइड्रोपावरको निर्णय
१८ कार्तिक २०८२, मंगलवार १०:५१

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कात्तिक १७ गते दिउँसो साढे ३ बजे बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ।
कम्पनीले आफ्नो उद्देश्य बमोजिम कम्पनीको दायित्व भुक्तानी गर्न तथा जलविद्युत आयोजनामा लगानी गर्न कम्पनीको हाल कायम चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।
यो निर्णय नियमनकारी निकायबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारणसभामा पेश गर्ने कम्पनीले जानकारी दिएको छन्।














