सामाजिक अभियान्ता निकोलस भूसाल पक्राउ

१८ कार्तिक २०८२, मंगलवार १४:२६

काठमाडौं । प्रहरीको निगरानीमा रहेका डा. निकोलस भूसाल पक्राउ परेका छन् । उनले समाजलाई भड्काउने तथा विवादस्पद अभिव्यक्ति दिदै आएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट पक्राउ गरेको हो । उनी गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट मंगलबार पक्राउ परेका हुन् ।

उनलाई अब प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको छ । उनले यसअघि सामाजिक सञ्जालमार्फत विवादस्पद अभिव्यक्ति दिएका थिए । प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*