एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
१८ कार्तिक २०८२, मंगलवार १५:०६

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार उच्च अंकले शेयर बजार घटेको छ । आज नेप्से परिसूचक २७.६४ अंकले घटेर २७९५.२४ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज विभिन्न सेक्टरका ३२२ वटा कम्पनीहरुको पाँच अर्ब १५ करोड सात लाख रुपैयाँको शेयर कारोबार भएको छ । जसमा आज एनआरएन इन्फ्रास्टक्चरको २७ करोड रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, राधि विद्युत कम्पनीको २२ करोड ४६ लाख रुपैयाँ, युनियन हाइड्रोपावरको १८ करोड ७६ लाख रुपैयाँ, शिवम् सिमेन्टको १८ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ ।














