माबिलुङ इनर्जीको शेयरमा सकारात्मक सर्किट, यी लघुवित्तका शेयरधनी भए मालामाल
१८ कार्तिक २०८२, मंगलवार १५:१४

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार उच्च अंकले शेयर बजार घटेको छ । आज नेप्से परिसूचक २७.६४ अंकले घटेर २७९५.२४ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेपनि आजदेखि कारोबारमा आएको माबिलुङ इनर्जी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको आज शेयरमूल्य प्रतिकित्ता ३१ रुपैयाँ अर्थात ९.९८ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै, फ्रस्ट माइक्रोफाइनान्स लघुवित्तको ९.२० प्रतिशत, बिन्द्याबासिनी हाइड्रोपावरको ६.३८ प्रतिशत, सम्पदा लघुवित्तको ५.५४ प्रतिशत, अभियान लघुवित्तको ५.०१ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।














