निर्जीवन बीमा कम्पनीद्वारा साढे १२ अर्ब कुल बीमा शुल्क आर्जन, शिखर, सलिको र सिद्धार्थ प्रिमियरबीच कडा प्रतिस्पर्धा

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना अर्थात असोज मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
नेपाल बीमा प्राधिकरणले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार हाल नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले तीन महिनाको अवधिमा उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।
समीक्षा अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले तीन महिनाको अवधिमा एक अर्ब ४९ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, शिखर इन्स्योरेन्सले असोज महिनासम्मको अवधिमा एक अर्ब ३८ करोड ४६ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले एक अर्ब २२ करोड ४३ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले एक अर्ब १९ करोड ६६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।














