यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
१९ कार्तिक २०८२, बुधबार ०७:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक १९ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १४१.५६ रुपैयाँ र बिक्रीमल्य १४२.१६ रुपैयाँ रहेको छ।
त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९२.०६ रुपैयाँ र बिक्रीदर ९२.४५ रुपैयाँ, एक सिंगापुरे डलरको खरीददर १०८.४५ रुपैयाँ र बिक्रीदर १०८.९१ रुपैयाँ र १० जापानिज येनको खरीददर ९.२२ रुपैयाँ र बिक्रीदर ९.२६ रुपैयाँ तोकिएको छ।
यसदिन एक चाइनिज युआनको खरीदमूल्य १९.८७ रुपैयाँ र बिक्रीमूल्य १९.९५ रुपैयाँ, एक यूएई दिरामको खरीदमूल्य ३८.५४ रुपैयाँ र बिक्रीमूल्य ३९ रुपैयाँ र १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.८५ रुपैयाँ र बिक्रीमूल्य ९.८९ रुपैयाँ निर्धारण भएको छ।














