नेरुडे मिर्मिरे लघुवित्तमा सीईओ माग, कति चाहिन्छ योग्यता?
१९ कार्तिक २०८२, बुधबार ०९:५९

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दरखास्त आह्वान गरेको छ।
कम्पनीले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी सीईओका लागि दरखास्त खुलाएको हो। यसका लागि तोकिएको योग्यता पूरा भएको इच्छुक नेपाली नागरिकले आवश्यक पर्ने कागजात सहित आगामी ३५ दिनभत्रि निवेदन दिनु पर्नेछ।
पारिश्रमिक आपसी समझदारीबाट तय गरिने कम्पनीले जानकारी दिएको छ। तोकिएको शैक्षिक योग्यता भएको र ५ वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन्। आवेदन फाराम कम्पनीको केन्द्रीय कार्यालयमा वा इमेल ठेगाना मार्फत दिन सकिनेछ।














