सिंगटी हाइड्रो इनर्जीद्वारा लाभांश घोषणा
१९ कार्तिक २०८२, बुधबार १०:३३

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक १८ गते बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड करोड रहेको छ । कम्पनीले १४ करोड ५० लाख रुपैयाँ बराबरको बोनस वितरण गर्ने प्रस्ताव गरेको हो।
अब आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।













