प्रधानमन्त्री कार्कीको नियुक्ति विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१९ कार्तिक २०८२, बुधबार १४:४०

काठमाडौं । जेनजी समूहको सिफारिसमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

प्रधान्यायाधीश प्रकाशमान सिंह नेतृत्वको संवैधानिक इजलासले कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निर्णयको कारणबारे सोधपुछ गरे पनि रिटमाथि तत्काल रोक लगाउने आदेश नदिएको हो।

अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संविधान विपरीत पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाइएको भन्दै नियुक्ति बदर गर्न माग गर्दै रिट दायर गरेका थिए। उनका अनुसार, पूर्वप्रधानन्यायाधीश भइसकेको व्यक्तिलाई वर्तमान संविधान अनुसार प्रधानमन्त्री बन्न नदिने व्यवस्था छ।

राष्ट्रपतिबाट भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भइ शपथ लिएकी कार्कीको हकमा रिट निवेदनले नियुक्तिकर्ता र नियुक्त भएका दुवै पक्षबाट संविधानको धारा ७६ र १३२(२) को उल्लंघन भएको दाबी गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*