लघु जीवन बीमा कम्पनीको ब्यवसाय २४ करोड ७४ लाख, गार्डियन र क्रेष्टको कडा प्रतिस्पर्धा

काठमाडौं । लघु जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्म २४ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
हाल ३ वटा मात्रै लघु जीवन बीमा सञ्चालनमा रहेकोमा गार्डियन माइक्रो लाइफले.सबैभन्दा बढी ८ करोड ९२ लाख रुपैयाँ रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ।
तीन महिनामा क्रेष्ट माइक्रो लाइफले पनि ८ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। यता लिवर्टी माइक्रो लाइफले असोज मसान्तसम्मको अवधिमा ७ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
असोज महिनाको मात्रै तथ्यांक हेर्ने हो भने गार्डियन माइक्रो लाइफले सर्वाधिक ३ करोड २९ लाख रुपैयाँ, दोस्रोमा क्रेष्ट माइक्रो लाइफले २ करोड ९८ लाख रुपैयाँ र लिवर्टी माइक्रो लाइफले २ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।














