जीवन बीमकको व्यवसाय २०%ले बढ्यो, आइएमई–सिटिजन र रिलायबलको उच्च ग्रोथ

१९ कार्तिक २०८२, बुधबार १७:१५

काठमाडौं । हाल नेपालमा सञ्चालन रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँको बीमा व्यवसाय गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुको व्यवसाय गत आर्थिक वर्षको तुलनामा १९.८४ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा ४१ अर्ब ८ करोड एक लाख रुपैयाँ आर्जन गरेका थिए ।

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको तुलनामा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी, आइएमई लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्सको व्यवसाय सर्वाधिक बृद्धि भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको व्यवसाय १२.२० प्रतिशतले बढेर १३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । साथै, नेशनल लाइफ इन्स्योरेन्सको १५.९० प्रतिशतले बढेर पाँच अर्ब ६८ करोड रुपैयाँ र एलआइसी नेपालको ८.९६ प्रतिशतले बढेर चार अर्ब ९८ करोड रुपैयाँ रहेको छ ।

स्रोतः नेपाल बीमा प्राधिकरण

साथै, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय २२२ प्रतिशतले बढेर चार अर्ब ५३ करोड रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको २.९० प्रतिशतले बढेर चार अर्ब ४३ करोड रुपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको दुई अर्ब ८८ करोड रुपैयाँको बीमा व्यवसाय रहेको छ ।

गत आर्थिक वर्षको तुलनामा आइएमई लाइफ इन्स्योरेन्सको २४.८२ प्रतिशत, सिटिजन लाइफ इन्स्योरेन्सको २४.६८ प्रतिशत, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २०.५८ प्रतिशत, मेट लाइफको १५.४० प्रतिशत, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १५.३८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १२.९३ प्रतिशतले व्यवसाय बृद्धि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*