सामाजिक अभियान्ता निकोलस भुसाललाई ५ दिन हिरासतमा राख्न अनुमति
१९ कार्तिक २०८२, बुधबार १७:३४

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले डा. निकोलस भुसाललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।
हिंसा भड्काउने अभिव्यक्ति दिएपछि प्रहरीले उनलाई पक्राउ गरेर बुधवार जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएको थियो । भुसाल कार्तिक १८ मा गोरखाको सरस्वती आश्रमबाट पक्राउ परेका हुन् ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२ मा रहेको ‘सार्वजनिक शान्ति विरुद्धको कसुर’ अन्तर्गत झुटा अफवाह फैलाएमा कानुनी कारबाही हुने व्यवस्था छ । सो ऐन अनुसार झुटा अफवाह फैलाएमा १ वर्षसम्म कैद वा दश हजार सम्म जरिवाना हुने व्यवस्था छ ।













