रवि लामिछानेको बयान सकियो
१९ कार्तिक २०८२, बुधबार २१:३८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ ।
उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग बुधबार दिनभर बयान लिएको थियो । बयानका लागि उनलाई नख्खु कारागारबाट बिहान सिंहदरबारस्थित आयोगको कार्यालयमा झिकाएको थियो ।
आयोगको टोली गत सोमबार २४ भदौमा भएको घटनाको वस्तुस्थिति अध्ययनका लागि कारागारमै पुगेको थियो । त्यसको अघिल्लो दिन जाँचबुझ आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो ।













