मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

२० कार्तिक २०८२, बिहीबार ०६:४२

काठमाडौं । यही कात्तिक २३ गते मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले बुक क्लोज गर्ने भएकाले आज कात्तिक २० गते यस बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिने हो।

बैंकले आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव गरेको छ। यो प्रस्ताव पारित गर्नका लागि आउँदो मंसिर ६ गते धरानस्थित सुनसरी उद्योग वाणिज्य संघमा बिहान ११ बजेदेखि २०औं वार्षिक साधारणसभा बस्दैछ।

त्यसैगरी उक्त साधारणसभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक काम गर्न र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना सञ्चालक निर्वाचन गर्ने र गत आवमा संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*