ट्याक्टर दुर्घटनामा ६० र ६२ वर्षीय २ जनाको मृत्यु

२० कार्तिक २०८२, बिहीबार १०:३०

काठमाडौं । बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१–००२ त ५७२४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले थलारा–२ का ६० वर्षीय पमले खाती र ६२ वर्षीय जसे खातीको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

उनकाअनुसार ट्याक्टर चालक कैलालीको गोदावरी नगरपालिका–४ का ४५ वर्षीय खुशीराम चौधरी गम्भीर घाइते भएका छन् । उनको छाती र बाँया खुट्टामा गम्भीर चोट लागेको छ । चौधरीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*