जीवन बीमकद्वारा नौ अर्ब ५४ करोड प्रथम बीमा शुल्क आर्जन, सर्वाधिक र बृद्धिदरमा नेपाल लाइफकै वर्चश्व

२० कार्तिक २०८२, बिहीबार १२:१२

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमास अर्थात असोज महिनासम्ममा नौ अर्ब ५४ करोड नौ लाख रुपैयाँको नयाँ व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुुसार असोज महिनासम्ममा १४ जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार बीमासहित उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

कम्पनीहरुको नयाँ व्यवसाय गत आर्थिक वर्षको साउन महिनाको तुलनामा १६.९५ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आवको सोही अवधिमा ८ अर्ब १५ करोड ८४ लाख रुपैयाँको बीमा व्यवसाय गरेका थिए । विवरण अनुसार साउन महिनामा नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

यता, गत आवको तुलनामा पनि नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी अंकले बृद्धि भएको छ । कम्पनीको नयाँ व्यवसाय ३७.३३ अंकले बढेर दुई अर्ब ७० करोड रुपैयाँ रहेको छ । यता, सन नेपाल लाइफले वैदेशिक रोजगार बीमा कारोबार बहिस्कार गरेका कारण प्रथम बीमा शुल्क आर्जन सामान्य अंकले घट्न पुगेको हो ।

आइएमई लाइफ इन्स्योरेन्स नयाँ व्यवसाय भित्र्याउनमा आक्रामक देखिएको छ । कम्पनीले चालु आवको असोज महिनामा मात्रै आफ्नो प्रथम बीमा शुल्क आर्जन ३७.१८ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीले यस अवधिमा ४२ करोड ४७ लाख रुपैयाँको नयाँ व्यवसाय आर्जन गरेको छ ।

तेस्रो नम्बरमा रहेको एलआइसी नेपाल पनि नयाँ व्यवसाय भित्र्याउन आक्रामक रुपमा अघि बढिरहेको छ । कम्पनीले गत आवको तुलनामा आफ्नो नयाँ व्यवसाय ३१.५२ प्रतिशतले बढाउन सफल भएको छ ।

समीक्षा अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सको प्रथम बीमा शुल्क आर्जन २२.४२ प्रतिशत, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १९.६६ प्रतिशत, मेट लाइफ नेपालको १७.१२ प्रतिशत, सरकारी कम्पनी राष्ट्रिय जीवन बीमाको १६.४३ प्रतिशत र एशियन लाइफको १५.४६ प्रतिशतले नयाँ व्यवसाय बृद्धि भएको छ ।

साथै, नेशनल लाइफ इन्स्योरेन्सको प्रथम बीमा शुल्क आर्जन १३.८३ प्रतिशत, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ११.७८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८.३८ प्रतिशतले गत आर्थिक वर्षको तुलनामा प्रथम बीमा शुल्क आर्जन बृद्धि भएको छ ।

समग्र रुपमा हेर्दा प्रथम त्रैमास बीमा कम्पनी र अभिकर्ताहरुको लागि निकै महत्वपूर्ण रहेको छ । अभिकर्ताहरुलाई कम्पनीहरुले दिएका विभिन्न टार्गेटहरुको सुरुवाती नै प्रथम त्रैमासबाट हुन्छ । जीवन बीमा कम्पनीहरुले प्रथम त्रैमासमा विभिन्न व्यवसायीक रणनीतिक योजना र अभिकर्ता प्रोत्साहन गर्ने लगायतका क्रियाकलाप बढी हुने गर्दछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*