कृषकका लागि सहज ऋण: कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

२० कार्तिक २०८२, बिहीबार १४:४१

काठमाडौं। कृषि विकास बैंक लिमिटेडले किसान र कृषि उद्यमीहरूलाई लक्षित गर्दै कृषि कर्जामा नयाँ ब्याजदर लागू गरेको छ। बैंकका अनुसार अब कृषकहरूले कृषि कर्जामा ६.४९ प्रतिशत ब्याजदरमा ऋण पाउनेछन्। नयाँ ब्याजदर बैंकले तोकेको आधारदर ५.४९ प्रतिशतमा १ प्रतिशत प्रिमियम थपेर निर्धारण गरिएको हो।

बैंकले ‘स्वर्णिम अवसर’ अभियानअन्तर्गत ल्याएको यस योजनामार्फत दुग्ध उत्पादन, फलफूल, तरकारी, खाद्यान्न बाली तथा अन्य कृषि उद्यममा संलग्न किसानहरूले सहज र न्यून ब्याजदरमा ऋण लिन सक्ने व्यवस्था गरिएको जनाएको छ।

 

कृषि विकास बैंकले यस योजनाले किसानहरूलाई आत्मनिर्भर, व्यवसायमुखी र उत्पादक बनाउने विश्वास व्यक्त गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*