राष्ट्रिय अनुसन्धान विभागका सयौं कर्मचारी बेपत्ता, फर्जी कर्मचारीको नाममा करोडौं तलब भुक्तानी

२० कार्तिक २०८२, बिहीबार १४:५१

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागभित्र वर्षैंदेखि ठूलो आर्थिक अनियमितता हुँदै आएको खुलेको छ । विभागमा सयौं कर्मचारी बेपत्ता रहेर पनि उनीहरूको नाममा नियमित रूपमा तलब/भत्ता भुक्तानी हुँदै आएको खुलेको हो ।

सिंहदरवारस्थित बरथबाघभित्र केन्द्रीय कार्यालय रहेको राष्ट्रिय अुनसन्धान विभाग अन्तर्गत ७७ वटै जिल्ला शाखाहरू मातहत कुल दुई हजार २०० भन्दा बढी कर्मचारीहरू कार्यरत रहेका छन्। सोमध्ये थुप्रै कर्मचारीहरूले काम नगरेपनि तलब भत्ता भने नियमित रूपमा पाइरहेका छन्। कांग्रेस, एमाले, माओवादी, मधेशवादी, राजावादी समर्थक कर्मचारीहरू तत्तत् दलको पहुँच र पावरको भरमा कामै नगरी मासिक रूपमा तलब सुविधा लिंदै आएका छन्।

राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रहेका कर्मचारीहरूमध्ये ३०० भन्दा बढीले जागीर छोडेर अन्य पेशा अँगाल्न पुगिसकेका छन्। त्यस्तै थुप्रै विदेश पुगिसकेका पूर्वकर्मचारीहरूको नाममा अहिले पनि नियमित रूपमा तलब सुविधा भुक्तानी भइरहेको विशेष स्रोतले जनाएको छ।

बेपत्ता अवस्थामा रहेर कुनै काम नगरी तलब भत्ता मात्रै बुझ्नेहरू अधिकांश ठूला राजनीतिक दल निकट व्यक्तिका आफन्तहरू भएको र कतिपय स्वदैशमै नभएको भने कतिपय तिनै दलका नेताहरूका अघिपछि हिंड्ने गरेको बताइन्छ ।

विभागभित्र यस्तो आर्थिक दुरुपयोग हुँदा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै कारबाही अगाडि बढाएको छैन भने यसबारे औपचारिक जानकारी गृहमन्त्री तथा प्रधानमन्त्रीलाई समेत नपुगेको बताइएको छ ।

विभागमा कर्मचारी ट्र्याकिङ प्रणाली लागू गर्ने, बायोमेट्रिक उपस्थिति अनिवार्य बनाउने र आर्थिक पारदर्शिता समिति गठन गर्नुपर्नेमा यीमध्ये कुनै पनि काम हुन सकेको छैन ।

अख्तियारले यसअघि विभागसँग सम्बन्धित केही कागजात मागे पनि अनुसन्धानको फाइल बीचमै हराएको बताइन्छ । त्यसपछि कुनै ठोस कारबाही अघि बढेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*