मेयर बालेनविरुद्ध साइबर ब्युरोमा उजुरी (उजुरी पत्रसहित)

२० कार्तिक २०८२, बिहीबार १६:०८

काठमाडौँ । नेकपा एमाले निकट युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ। सामाजिक सञ्जालमा मेयर शाहले राखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गर्नुका साथै राष्ट्रियतामा खलल पुगेको भन्दै संघका नेताहरू उजुरीसहित ब्युरो पुगेका हुन्।

युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले नेपालका स्वाधीनतामाथि नै प्रश्न उठ्ने गरी स्टाटस लेखेको आरोप लगाउँदै कारबाहीको माग गरिएको बताए। शनिबार मध्यराति मेयर शाहले अश्लील शब्द समेत प्रयोग गर्दै दुई छिमेकी देश चीन र भारत, अमेरिका तथा नेपालका प्रमुख राजनीतिक दलहरूलाई लक्षित गर्दै स्टाटस पोस्ट गरेका थिए।

उक्त स्टाटसलाई लिएर सामाजिक सञ्जालभरि व्यापक आलोचना बढेपछि शाहले केहीबेरमै आफ्नो वालबाट पोस्ट हटाए पनि त्यसको स्क्रिनशट भने भाइरल बनेको थियो।

संघका उपाध्यक्ष महराज गुरुङसहितका नेताहरूले जिम्मेवार सार्वजनिक पदमा बसेको व्यक्तिले अश्लील भाषा प्रयोग गर्दै मित्रराष्ट्र र राजनीतिक दलमाथि लाञ्छना लगाएको भन्दै कानूनी कारबाही माग गरेका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*