टप टेन ब्रोकरमार्फत कति भयो कारोबार ?

२० कार्तिक २०८२, बिहीबार १८:४७

काठमाडौं। साताको अन्तिम कारोबारको दिन अर्थात  आज सेयर बजारमा कुल ५ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ। यो कारोबार रकममा टप १० ब्रोकरको हिस्सा ३२.१ प्रतिशत होआज ठूला १० ब्रोकरमार्फत कुल १ अर्ब ७३ करोड रुपैयाँको धितोपत्र खरिद हुँदा १ अर्ब ७५ करोड रुपैयाँको बिक्री भयो । खरिदभन्दा बिक्री रकम बढी देखिएको छ । तर ६ ब्रोकर कम्पनीमार्फत बिक्रीभन्दा खरिद बढी देखिन्छ भने ४ मार्फत बिक्री बढी देखिन्छ ।

नासा, अनलाइन, दिपशिखा, इम्पेरियल, त्रिशक्ति र सनीमार्फत खरिद बढी भएको छ । त्यस्तै भिजन, क्यापिटल म्याक्स, एबीसी र आर्यतारामार्फत बिक्री बढी भएको छ ।

ठूला ब्रोकरबाट धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, युनियन हाइड्रोपावर छन् । यस दिन नेप्से परिसूचक ११ अंक घटेसँगै २५९६ मा कायम भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*