पोखरा सहकारीको बचत हिनामिनापछि बचतकर्तालाई जाहेरी दिन प्रहरीको सूचना जारी
२० कार्तिक २०८२, बिहीबार २१:३८

पोखरा बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिनापछि बचतकर्तालाई जाहेरी दिन प्रहरीले सूचना जारी गरेको छ ।
सहकारी रजिस्ट्रार कार्यालयको सिफारिसका आधारमा प्रहरीले ८ जनालाई पक्राउ गरिसकेको छ । सहकारीको झण्डै ८९ करोड हिनामिना भएको वित्तीय रिपोर्टमा उल्लेख छ ।
बचत र कारोबारको प्रमाण, कागजातसहित मंसिर २ गतेभित्र जाहेरी दिन प्रहरीले आग्रह गरेको हो । ‘सहकारीमा रकम जम्मा गरेको आधार देखिने सेयर धनी प्रमाण पत्र, पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाण पत्र लगायतको प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकता समेतको परिचय खुल्ने कागज सहित कानुनबमोजिम सहकारी ठगी शीर्षकमा जाहेरी दरखास्त लिई यस जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क राख्नु हुन सम्पूर्ण बचतकर्ताहरुमा सूचित गरिएको छ,’ सूचनामा भनिएको छ ।













