नेपाल बैंकले कमायो ५८ करोड खुद नाफा, कस्तो छ समग्र वित्तीय अवस्था ?

२१ कार्तिक २०८२, शुक्रबार ०७:३१

काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले ५८ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.३१ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६० करोड २१ रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.३८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १८.२३ प्रतिशत घटेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १२.७५ प्रतिशत र सञ्चालन मुनाफा ३२.८१ प्रतिशत बढेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ५७ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३८ पैसा घटेर १६ रुपैयाँ १ पैसामा सीमित भएको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ ३२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.०५ गुणा रहेको छ।

१४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २३ अर्ब ५५ करोड रुपैयाँ सञ्चित छ । बैंकले असोज मसान्तसम्ममा ३ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*