इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ९७ प्रतिशतले घट्यो, इपीएसमा समेत भारी गिरावट

२१ कार्तिक २०८२, शुक्रबार ०९:२१

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको अवधिमा बैंकको नाफा ९६.९२ प्रतिशतले घटेर ४ करोड ५० लाख ५० हजार रुपैयाँमा सीमित भएको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको नाफा १ अmर्ब ४६ करोड ४० लाख ७५ हजार रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब २४ करोड ३१ लाख २५ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १६.३४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ३ अर्ब ८७ करोड ६७ लाख रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा २ अर्ब ९ करोड ४१ लाख रुपैयाँ सञ्चालन मुनाफा रहेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा घटेर १५ करोड २ लाख रुपैयाँमा सीमित भएको हो ।

समिक्षा अवधिमा बैंकको चुक्तापूँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा१ अर्ब १६ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

यता, बैंकको वितरणयोग्य मुनाफा समेत १ अर्ब १६ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । खराब कर्जा समेत ५.८२ प्रतिशतबाट बढेर ६.६३ प्रतिशत पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानीमा समेत भारी गिरावट देखिएको छ । १७.१६ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी ०.५३ रुपैयाँमा खुम्चिएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १९६ रुपैयाँमा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*