बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
२१ कार्तिक २०८२, शुक्रबार ११:२६

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँ वृद्धि भएको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला ३ हजार २० रुपैयाँ पुगेको छ ।













