काबेली इनर्जीको शेयर बेचेर बाहिरिदै बुटवल पावर

२१ कार्तिक २०८२, शुक्रबार २२:१०

काठमाडौं । वुटवल पावर कम्पनी (बीपीसी) को ६० प्रतिशत सेयर स्वामित्व रहेको काबेली इनर्जी लिमिटेडमा ४० प्रतिशत संस्थागत सेयर खरिद सम्झौता गरेको अरुण काबेली बेचेर कम्पनी पूर्णरूपमा बाहिरिने तयारी गरेको छ ।

सेयर खरिद बिक्रीसम्बन्धी सम्झौता गरिसकेको कम्पनीले वैधानिकताका लागि आज विशेष साधारणसभा बोलाएको छ । अरुण काबेलीले गत वर्ष हकप्रद सेयर जारी गरेर काबेली इनर्जीमा १ अर्ब २० करोड रुपैयाँ बराबर सेयर लगानी गरेको थियो ।

यस वर्ष पनि पुनस् हकप्रद सेयर जारी गरी जम्मा हुने रकमले बीपीसीको ६० प्रतिशत सेयर खरिद गर्ने योजना बनाएको जनाइएको छ ।

त्यसो त बीपीसीमाथि परियोजना निर्माणभन्दा खरीद–बिक्रीमा बढी सक्रिय रहने गरेको आरोप लाग्ने गर्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*