मध्यरातसम्म प्रभु बैंकमा छापा, सिईओ सम्पर्कविहीन

२२ कार्तिक २०८२, शनिबार १२:३८

काठमाडौं ।  हिजो मध्यरातमा प्रभु बैंकमा छापा मारेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र नेपाल राष्ट्र बैंकको  टोलीले हिजो मध्यरातमा प्रभु बैंकमा छापा मारेको हो ।

शुक्रबार दिउसो २ बजेदेखि साँझ १०ः३० बजेसम्म बैंकमा सिआइबी र राष्ट्र बैंकको टोलीले छानविनमा आवश्यक फाइलहरु लिएको पाइएको छ ।

गम्भीर आर्थिक अपचलनको जाहेरीमा प्रभु समूहका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेपछि अनुसन्धानका निम्ति आवश्यक कागजात छानवीनका क्रममा शुक्रबार बेलुकी छापा मारिएको सिआइबीले जनाएको छ ।

सीआईबीको टोली आउने जानकारी पाएपछि अशोक सेरचन हतार हतार भागेको बताइएको छ । प्रभु म्यानेजमेन्ट तथा मनि ट्रान्सफरसँग सम्बवन्धित रहेका डकुमेन्टहरुमा सिइओ अशोक सेरचनले गैरकानुनी तरीकाबाट रकम पठाएको तथा विना धितो कर्जा प्रवाह गरेको आशंकामा सीआईवीले छापा मारेको हो ।

‘आवश्यक फाइल हाम्रो नियन्त्रणमा छ, नेपाल राष्ट्र बैंकसँग सहकार्य गरेर ती फाइलमाथि छानविन शुरू भएको छ’, सिआईबीका एक अधिकारीले बीमापोष्टलाई बताएका छन् ।
९८ करोड रुपैयाँ ठगी भएको भनी प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाद्वारा दायर जाहेरीका आधारमा भट्टचन कात्तिक ११ गते ललितपुरबाट पक्राउ परेका थिए।
लामाको जाहेरीमाथि अनुसन्धान गर्न सरकारी वकिलले कार्यालयले गतवर्षको असोज ११ गते नै प्रहरी परिसर, काठमाडौंमा पठाएको थियोे । तर, परिसरले जाहेरीमाथि कुनै अनुसन्धान अगाडि बढाएको थिएन । उक्त मुद्दामा सिआइबीले हस्तक्षेप गरेपछि भट्टचन पक्राउ परेका हुन् ।

९८ करोडको ठगीमा अन्य व्यक्तिको संलग्नता खुलेको र संगठित अपराधको मुद्दा पनि चल्ने भएको सिआइबीस्रोतले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*