मोहन्याल गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

२३ कार्तिक २०८२, आईतवार ०७:४६

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, कैलालीको आयोजनामा मोहन्याल गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय उपस्थित थिए भने विशेष अतिथिको रूपमा उपाध्यक्ष कमल ब. साउद रहेका थिए।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा तथा अन्य वडा अध्यक्षहरू अतिथिको रूपमा उपस्थित भएका थिए। कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, कर्मचारी, अगुवा कृषक तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

कात्तिक २२ गते आयोजना गरिएको उक्त कार्यमक्रममा उपस्थित भएकाहरूले बीमाको पक्ष, यसका फाइदा र प्रक्रियाको बारेमा आफ्नो धारणा प्रस्तुत गर्दै सबैलै बीमा गर्नुपर्ने साझा धारणा राखेका थिए। बीमाले व्यक्तिको मात्र नभई वस्तुभाउ देखि बालीनालीसम्मको जोमिखा रक्षावरण गर्ने भएकाले बीमा आजको अपरिहार्य बनिसकेको निष्कर्षमा जोड दिएका थिए।

सोको अघिल्लो दिन भृकुटी माध्यमिक विद्यालयका प्रधानाध्यापकको प्रमुख आतिथ्यतामा विद्यालयका शिक्षक र विद्यार्थीहरूसँग पनि बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको थियो।

यस प्रकारको कार्यक्रमले बीमाको महत्त्व, पहुँच विस्तार र सचेतना अभिवृद्धिमा योगदान पुर्‍याउने विश्वास प्राधिकरणले गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*