नेशनल लाइफका बिमल, नारायण र लक्ष्मी कुमारी बने उत्कृष्ट अभिकर्ता, कसरी भयो सम्भव ?

२३ कार्तिक २०८२, आईतवार ११:५६

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरूले गत आर्थिक वर्षमा आक्रामक रूपले जीवन बीमा व्यवसाय गरेका छन् । कम्पनीका अभिकर्ताहरूको अथक प्रयासले लाखौँ मानिसको बीमा गरी जीवन रक्षावरण गर्न सफल भएका हुन् ।

कम्पनीमा देशैभरीबाट सहभागीहरूलाई उछिन्दै व्यक्तिगत कोडमा बिमल न्यौपाने, नारायण सुवेदी र लक्ष्मी कुमारी अग्रवाल उत्कृष्ट अभिकर्ता बन्न सफल भएका हुन् । यस अवधिमा उनीहरुले हजारौं नागरिकहरुको जीवन सुरक्षा गर्न सफल भएका छन् ।

नेशनल लाइफ इन्स्योरेन्समा आबद्ध भई बीमा व्यवसाय सञ्चालन गरिरहेका हजारौं अभिकर्तामध्ये बुटवल शाखा कार्यालयमा आवद्ध बिमल न्यौपानेले व्यक्तिगत कोडमा सबैलाई पछि पार्दै आर्थिक वर्ष २०८१–८२ को नेपाल टप अभिकर्ता बन्न सफल भएका हुन् । उनी योसहित लगातार पाँचौ पटक नेशनल लाइफ इन्स्योरेन्सबाट नेपाल टप बन्न सफल भएका हुन् ।

शान्त, शालिन र व्यवसायीक अभिकर्ताको रुपमा आफ्नो परिचय बनाउन सफल रहेका न्यौपानेले बुटवल लगायत देशका हजारौं मानिसको बीमा गरी उनीहरुको जीवन रक्षावरण गर्न सफल भएका छन् । गत आर्थिक वर्षमा नेपालमा रहेका ८ लाख अभिकर्ताहरुमध्ये ६ जनामात्र सन् २०२५ को टीओटी बन्न सफल भएका थिए । जसमा नेशनल लाइफबाट बिमल न्यौपान्न टीओटी बनेका थिए ।

साथै, दोस्रो स्थानमा काठमाडौंको कलंकी ब्रान्चका नारायण सुवेदी रहेका छन् । कम्पनीमा अत्यन्तै मिहिनेती तथा मिलनसार अभिकर्ताको परिचय बनाएका सुवेदीले काठमाडौं उपत्यकाका हजारौ नागरिकहरूको बीमा गरी जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेकी छिन् ।

साथै, तेस्रो स्थानमा विरगंज कार्यालयकी लक्ष्मी कुमारी अग्रवाल रहेकी छिन् । अथक मिहिनेत, समय व्यवस्थापन र कडा परिश्रमका कारण आर्थिक वर्ष २०८१–८२ मा अभिकर्ताहरूले करोडौंको बीमा व्यवसाय गरी ऐतिहासिक सफलता हासिल गरेका हुन् ।

नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुको कडा मिहिनेत र परिश्रमका उच्च कदर गर्दै विभिन्न कार्यक्रमको आयोजना गरी सम्मान गर्दै आएको छ । कम्पनीको उच्च स्तरीय व्यवस्थापकीय पक्ष र ब्रान्च म्यानेजरको अथाह साथ सहयोग कारण पनि अभिकर्ताहरुलाई व्यवसाय गर्न हौसल मिलेको अभिकर्ताहरुले धारणा व्यक्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*