बुङ्गल हाइड्रोको आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

२३ कार्तिक २०८२, आईतवार १३:२२

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुङ्गल हाइड्रो लिमिटेडको शेयर सूचीकृत भएको छ। आज आइतबार कम्पनीको ८३ लाख कित्ता शेयर सूचीकृत भएको हो ।

शेयर सूचीकृत भएपछि सोमबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १००.८८ रुपैयाँदेखि ३०२.६४ रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ। कम्पनीको शेयर BUNGAL सिम्बलबाट कारोबार हुने छ।

बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असोज २ गते बिहीबार बाँडफाँड भएको थियो । कम्पनीले भदौ १६ गतेदेखि भदौ १९ गतेसम्म आम सर्वसाधारणलाई १७ लाख १ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*