लोकप्रिय बन्दै टाटा ब्रान्डका सवारीः सिप्रदी ट्रेडिङको व्यापार २४ अर्ब, कमर्शियल गाडीमा ६५% बजार हिस्सा

२३ कार्तिक २०८२, आईतवार १४:०१

काठमाडौँ । नेपालमा टाटा ब्रान्डका सवारी साधन बिक्री वितरण गर्ने सिप्रदी ट्रेडिङले वर्षदिनमा २४ अर्ब माथिको व्यापार गरेको छ । देशभर चारवटा आफ्नै शोरुम र १४ वटा डिलर नेटवर्कमार्फत सेवा सञ्चालन गर्दै आएको सिप्रदी ट्रेडिङले सन् २०२५ मा २४ अर्ब ८ करोड ८० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले गरेको व्यापार अघिल्लो वर्षको तुलनामा २९.५८ प्रतिशत अर्थात् ५ अर्ब ५० करोड रुपैयाँले बढी हो । सन् २०२४ मा कम्पनीले १८ अर्ब ५८ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले सन् २०२३ मा १८ अर्ब ३० करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

नेपालको अटो बजारमा टाटा ब्रान्ड आफ्नो मजबुत उपस्थिति पुष्टि गर्दै आइरहेको छ । विशेष गरी सिप्रदीले वितरण गर्दै आएको टाटाका विद्युतीय (ईभी) मोडेलहरु नेपाली ग्राहक माझ उच्च लोकप्रियता हासिल गरिरहेका छन् । पन्च ईभी, टियागो ईभी, कर्भ ईभी, नेक्सन ईभी के–३ लगायतका आधुनिक विद्युतीय कारहरु र इन्धन प्रयोग गर्ने गाडीहरु सुरक्षित संरचना, आकर्षक डिजाइन र अत्याधुनिक प्रविधि सहित प्रस्तुत भएका कारण ग्राहकहरुको रोजाइमा परेका हुन् । यसले सिप्रदीलाई बजारमा महत्वपूर्ण प्रतिस्पर्धात्मक लाभ दिलाएको छ ।

सिप्रदीले टाटाका गाडीहरुको बिक्री वितरणमा गरेको रणनीतिक विस्तारले व्यवसायमा उल्लेख्य वृद्धिलाई समेत सुनिश्चित गरेको छ । नेपाली ग्राहकहरु आधुनिक प्रविधि, ईन्धन दक्षता र सुरक्षित संरचना भएको गाडीको खोजीमा रहेका कारण टाटाका यी मोडेलहरु उत्कृष्ट विकल्पका रूपमा रहेको छ । ग्राहकहरुको विश्वास र बजार मागको परिणाम स्वरूप, टाटाका विद्युतीय गाडीहरु नेपाली सडकमा दिनप्रतिदिन बढ्दो क्रममा देखिन थालेका छन् । सिप्रदीले बजारमा गरेका लगानी र विस्तारका प्रयासले टाटा ब्रान्डको विश्वासिलो र बलियो छवि निर्माण गरेको छ ।

सिप्रदीले कमर्शियल भेइकलको क्षेत्रमा पनि आफ्नो पकड मजबुत बनाउँदै आएको छ । सडकमा गुड्ने अधिकांश कमर्शियल गाडीहरु सिप्रदीले वितरण गर्दै आएको टाटाका मोडेलहरु नै रहेका छन् । टाटा योधा, टाटा इन्ट्रा भि २०, टाटा एस ईभी, टाटा विङ्गर बिएस ६ र बस/च्यासिस मोडेलहरु नेपाली बजारमा सिप्रदीले बिक्री वितरण गर्दै आइरहेको छ । विशेषगरी हल्का तथा मध्यम आकारका ट्रक र भ्यानहरुको माग बढिरहेको अवस्थामा सिप्रदीले कमर्शियल भेइकलमा करिब ६०–६५ प्रतिशत बजार हिस्सेदारी कायम राख्दै आएको छ ।

सन् २०२५ मा सिप्रदीले आफ्नो व्यवसायलाई कुल ३० प्रतिशतले वृद्धि गरेकोमा कमर्शियल भेइकलको व्यापार ६९ प्रतिशतले बढाएको छ । जुन नेपालको यातायात र ढुवानी बजारमा कम्पनीको ब्रान्डले पकड बनाइरहेको छ । ग्राहकहरुलाई गुणस्तरीय, भरपर्दो र आर्थिक दृष्टिले गाडी उपलब्ध गराउँदा सिप्रदीले बिक्री वितरण गर्ने सवारीको अटो बजारमा दबदबा देखिन थालेको हो ।

पछिल्लो समय ईभी ट्याक्सी ‘एक्सप्रेस–टी’ समेत अटो बजार सर्वाधिक बिक्री भइरहेका छन् । सिप्रदीले पावर सोलुसन र म्याक लुब्रिकेन्टहरू मार्फत समेत आम्दानी गर्दै आइरहेको छ ।

पछिल्लो समय कम्पनीको सञ्चालन नाफा मार्जिन पनि केही सुधार भएर सन् २०२५ मा करिब २.७ प्रतिशत पुगेको छ, जुन आर्थिक वर्ष २०२४ मा २.२ प्रतिशत थियो । साथै, ब्याजदर घट्दै गएको र ऋणस्तर कम भएको कारणले वित्तीय लागत घटेको छ र सञ्चालन बाहेकको आम्दानीमा सुधार आएपछि कम्पनीका ऋण भुक्तानी सम्बन्धी सूचकहरूमा पनि सकारात्मक प्रभाव परेको छ ।

कम्पनी नेपालमा टाटा ब्रान्डका सवारीसाधनहरू (व्यावसायिक सवारीसाधन १९८२ देखि र निजी सवारीसाधन १९९२ देखि) एकसाइड ब्याट्री (सन् २००० देखि) र म्याक लुब्रिकेन्ट (सन् २००२ देखि) का एकमात्र आधिकारिक वितरक हो । राजनबाबु श्रेष्ठ ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।

दशैं-तिहारमा सिप्रदीको चमकः ५७७ टाटा गाडीको डेलिभरी, पन्च ईभी मात्रै १७७ युनिट बिक्री

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*