अधिकांश वाणिज्य बैंकको ईपीएसमा गिरावट, कुनको कति छ ? (सूचीसहित)

२३ कार्तिक २०८२, आईतवार १४:५१

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुको प्रतिशेयर आम्दानी (ईपीएस) मा गिरावट आएको छ । वाणिज्य बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार बैंकहरुको ईपीएस निरन्तर खुम्चिदै गएको देखिएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका १९ वाणिज्य बैंकहरुमध्ये पहिलो त्रैमासमा चार वाणिज्य बैंकबाहेक सबैको ईपीएस घट्न पुगेको छ । अझ सिटिजन्स बैंकको ईपीएस ऋणात्मक अवस्थामा रहेको छ ।

समीक्षा अवधिमा एभरेष्ट बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ३६ रुपैयाँ ४४ पैसाले सबैभन्दा बढी रहेको छ । वाणिज्य बैंकहरुले प्रकाशित गरेको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार एभरेष्ट बैंकको ईपीएस गत आर्थिक वर्षको तुलनामा १ रुपैयाँ ५९ पैसाले बृद्धि भएको हो ।

समीक्षा अवधिमा ईपीएसको आधारमा स्ट्याण्डर्ट चार्टड बैंक दोस्रो स्थानमा रहेको छ । बैंकको ईपीएस प्रथम त्रैमासमा २७ रुपैयाँ ५७ पैसा रहेको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको ईपीएस ९ रुपैयाँले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३६ रुपैयाँ ५७ पैसा रहेको थियो । प्राइम कमर्सियल बैंकको पनि ईपीएसमा गिरावट आएको छ । गत आवको तुलनामा बैंककोईपीएस ०.५९ रुपैयाँले घटेर २५ रुपैयाँ ९४ पैसा रहेको छ ।


यता, नबिल बैंकको ईपीएस २५ रुपैयाँ ४९ पैसा, एनएमबि बैंकको १९ रुपैयाँ ९५ पैसा, ग्लोबल आइएमई बैंकको १९ पैसा ५१ पैसा, नेपाल एसबिआई बैंकको १८ रुपैयाँ ४१ पैसा, कुमारी बैंकको १६ रुपैयाँ ११ पैसा रहेको छ ।

साथै, सरकारी स्वामित्वको नेपाल बैंकको ईपीएस १६ रुपैयाँ ११ पैसा, माछापुच्छे बैंकको १३ रुपैयाँ ८३ पैसा, सानिमा बैंकको १३ रुपैयाँ १५ पैसा, हिमालयन बैंकको १२ रुपैयाँ ४५ पैसा, प्रभु बैंकको नौ रुपैयाँ ४९ पैसा, सिद्धार्थ बैंकको नौ रुपैयाँ तीन पैसा, लक्ष्मी सनराइज बैंकको पाँच रुपैयाँ ४६ पैसा रहेको छ ।

समीक्षा अवधिमा एनआइसी एशिया बैंकको ईपीएस तीन रुपैयाँ २१ पैसा, नेपाल इन्भेष्टमेन्ट बैंकको १७ पैसा र सिटिजन्स बैंकको पाँच रुपैयाँ ९७ पैसा ऋणात्मक रहेको छ ।

शेयर बजारमा लगानी तथा बैंकको शेयर खरिद गर्ने लगानीकर्ताहरुको लागि ईपीएस निकै महत्वपूर्ण सूचक मानिन्छ । बैंकहरुले प्रतिशेयर आम्दानीबाट केही तल घटेर आफ्ना शेयर लगानीकर्तालाई लाभांश बढ्ने गरेका छन् ।

प्रतिशेयर आम्दानी धेरै भएको कम्पनीको शेयर खरिद गर्दा लगानीकर्ताले प्रतिफल उच्च पाउने सम्भावना हुन्छ । त्यसैले शेयर खरिद गर्न खोजिएको कम्पनीको वित्तीय विवरण हेर्दा ईपीएसमा पनि ध्यान दिनुपर्ने हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*