गुराँस लघुवित्तको नयाँ सञ्चालक समिति चयन, अध्यक्षमा उदयनारायण बराल

२४ कार्तिक २०८२, सोमबार १०:१६

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा उदयनारायण बराल नियुक्त भएका छन् भने अन्य ३ जना सदस्य नियुक्त भएका छन्।

कम्पनीको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले दशौं वार्षिक साधारणसभा पछि रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पदमा उदयनारायण बराललाई सर्वसम्मतिले नियुक्त गर्ने निर्णय गरेको हो।

त्यसैगरी साधारणसभाले संस्थापक शयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त ४ सञ्चालक पदमा आगामी ४ वर्ष अवधिका लागि मदन खतिवडा, विजय कुमार दाहाल र डा. मनिष अर्याल नियुक्त भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*