फाइल जोगाउँदा मधेश प्रदेशमा कुटिए सरकारी कर्मचारी

२४ कार्तिक २०८२, सोमबार १३:२३

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत रहेका केही सरकारी कर्मचारीमाथी कुटपिट भएको छ । सोमबार मधेश सरकारको मुख्यमन्त्री नियुक्ती विवादका कारण आन्दोलित समुहले कर्मचारीको टाउकोमा मुक्का बर्साउदै निर्घाट कुटपीट गरेका हुन् ।

कुटपिट भएका कर्मचारीले कार्यालयमा सरकारी कागजात भएको रेकर्ड फाइल जोगाउनको लागि लिएर फर्कीदा उक्त समुहले कुटपीट गरेको छ । मुख्यमन्त्री विवादले यतिवेला मधेश प्रदेशमा आन्दोलन चर्कीएको छ ।

आज विहानै नेकपा एमालेबाहेकका अन्य असन्तुष्ट पक्षले मुख्यमन्त्री कार्यालय तोडफोड गरेका छन् । सडकमा आगो बालेर मधेशलाई आतंकीत बनाएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*