सुदूरपश्चिममा सानिमा रिलायन्स लाइफको ‘स्टार एजेन्सी मिट २०८२’ सम्पन्न

२४ कार्तिक २०८२, सोमबार १३:५७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशमा ‘सानिमा रिलाइन्स स्टार एजेन्सी मिट २०८२ सम्मान तथा एजेन्सी अभिमुखिकरण कार्यक्रम’ सम्पन्न गरेको छ ।

शनिबार धनगढीमा आयोजना गरिएको कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाबाट सहभागी एजेन्सी म्यानेजरलाई अन्तर्राष्ट्रिय बीमा अभिकर्ता सहेद अफजाल अहमदले अभिमुखिकरण सत्र सञ्चालन गरेका थिए।

सानिमा रिलायन्स सुदूरपश्चिम प्रदेश प्रमुख गणेश प्रसाद उप्रेतीका अनुसार उक्त अभिमुखिकरणले एजेन्सी म्यानेजरहरूको कार्यशैलीमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा टिम बिजनेको आधारमा सुदूरपश्चिम प्रदेशको धनगढी शाखा–१ अन्तर्गत टिमबाट एजेन्सी म्यानेजर कलावती कुमारी जोशी प्रथम, दोस्रोमा खकेन्द्र कुमार बिक र तेस्रोमा पुष्पराज उपाध्याय सम्मानित भएका छन् ।

साथै, इन्स्योरेन्स पोलिसीका आधारमा प्रथम स्थानमा निशान बोहरा, दोस्रोमा पदमसिंह साउद र तेस्रोमा कलावती कुमारी जोशी सम्मानित भएका छन् । व्यक्तिगत कोडको व्यवसायमा पहिलो निशान बोहरा, दोस्रो सन्तोष महतो, तेस्रो मधु कुमारी राना सम्मानित भएका छन् । सानिमा रिलाइन्स धनगढी–२ शाखाकी बिजनेस म्यानेजर विद्या सिंहका अनुसार सुदूरपश्चिममा कम्पनीको बजार विस्तारमा एजेन्सी मेनेजरहरूको ठूलो योगदान रहेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले गत आर्थिक वर्षमा सानिमा रिलायन्सले ७ सय करोड रुपैयाँभन्दा बढीको व्यापार संकलन गरेको जानकारी दिएका छन्। ‘सानिमा रिलाइन्सको सफलतामा एजेन्सी मेनेजरहरूको हात महत्वपूर्ण छ ।’ उनले भने, ‘यो पेशा सेवा गर्ने पेशा हो — सुखदुखमा साथ दिने पेशा हो, त्यसैले यसलाई मर्यादासँग अघि बढाउनुपर्छ।’

त्यस्तै, प्रमुख व्यापार अधिकृत गुणराज श्रेष्ठले सुदूरपश्चिम प्रदेश व्यापारका हिसाबले अग्रस्थानमा आउनुमा सबै एजेन्सी मेनेजरहरूको योगदान रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सक्रियता बढ्ने विश्वास व्यक्त गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*