प्रतिकित्ता ५०० रुपैयाँमा जीवन विकास लघुवित्तको शेयर लिलाममा

२५ कार्तिक २०८२, मंगलवार ०६:५७

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको ४९ हजार ५० कित्ता संस्थापक शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रीमा राखेको छ।

कम्पनीले यी शेयर प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँमा बिक्रीमा राखेको हो। शेयर खरीदका लागि बोलपत्र पेश गर्दा कम्तीमा २५० कित्ताका लागि र बढीमा १०० ले निःशेष भाग जाने जुनसुकै संख्या वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ।

यसमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूका साथै सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था लगायत इच्छुक सबैले बोलपत्र पेश गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

शेयर किन्न इच्छुक लगानीकर्ताले आज कात्तिक २५ गतेदेखि मंसिर ९ गते दिउँसो साढे २ बजेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गरिसक्नु पर्नेछ। यस्तो बोलपत्र काठमाडौंको बालुवाटारस्थित बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड र मोरङ कटहरीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पाइनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*