फरवार्ड माइक्रोफाइनान्सले तीन महीनामा कमायो ५ करोड ७१ लाख रुपैयाँ नाफा

२५ कार्तिक २०८२, मंगलवार ०७:२९

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तीन महीनाको अवधिमै ५ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको तीन महीनाको अवधिमा कमाएको खुद नाफा ४ करोड १६ लाख रुपैयाँको तुलनामा यस वर्ष ३७.३२ प्रतिशत खुद नाफा वृद्धि भएको हो।

त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी पनि २८ करोड ८ लाख रुपैयाँबाट १८.९२ प्रतिशतको वृद्धि सहित ३३ करोड ३९ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ३१ करोड ९२ लाख रुपैयाँबाट १७.३३ प्रतिशतले बढेर ३७ करोड ४५ लाख रुपैयाँ पुगेको छ।

आम्दानीमा वृद्धि भएसँगै कम्पनीको सञ्चालन नाफा ५ करोड ९३ लाख रुपैयाँबाट ३७.६६ प्रतिशतले बढेर ८ करोड १६ लाख रुपैयाँ पुगेको छ। नाफामा वृद्धि भएपछि कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि १५.७७ रुपैयाँबाट बढेर १९.१२ रुपैयाँ कायम भएको छ।

चुक्ता पूँजी १ अर्ब १९ करोड ५९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३५ लाख रुपैयाँ र रिजर्भ कोषमा २ अर्ब ५ करोड ९ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीले २० अर्ब ३३ करोड ९४ लाख रुपैयाँ कर्जा प्रवाह गरी १० अब ३४ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

गत आवको असोज मसान्तसम्म कम्पनीको खराब कर्जा (एनपीएल) ७.३८ प्रतिशत रहेकोमा चालू आवको असोज मसान्तसम्म बढेर ८.२० प्रतिशत पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २७१.७९ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*