सान्भि इनर्जीको १ लाख ४५ हजार कित्ता शेयरको लकइन अवधि मंसिरमा सकिंदै

२५ कार्तिक २०८२, मंगलवार ०९:४५

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरेको १ लाख ४५ हजार ५०० कित्ता शेयरको लकइन अवधि मंसिरमा सकिंदैछ।

कम्पनीले कुल ३७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गरेकोमा आयोजना प्रभावितलाई त्यसको १० प्रतिशतले अर्थात् ८ लाख ८० हजार कित्ता आईपीओ बाँडफाँड गरेको थियो।

त्यसपछि बाँकी रहेको २९ लाख १० हजार कित्ताको ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा निष्कासन गरी गत जेठ २६ गते बाँडफाँड गरिएको थियो।

सामूहिक लगानी कोषहरूमा बाँडफाँड गरिएको शेयर ६ महीनासम्म लकइनमा राख्नुपर्ने प्रावधान भएकाले हालसम्म सो शेयर लकइनमै रहेको छ। आउँदो मंसिर २५ गतेबाट भने लकइन अवधि समाप्त हुने कम्पनीले जानकारी दिएको छ।

यता आयोजना प्रभावित र कम्पनीमा कार्यरत रहेका कर्मचारीहरूमा निष्कान गरिएको शेयर भने बाँडफाँडको मितिले ३ वर्षसम्म लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*