कालिका पावरले बिद्युत बिक्रीबाट कमायो ६ करोड, ईपीएस २१ रुपैयाँ

२५ कार्तिक २०८२, मंगलवार १०:५२

काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले समीक्षा अवधिसम्म चार करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १.६९ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले चार करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले विद्युत बिक्रीमार्फत ६ करोड १३ लाख आर्जन गरेको छ । अघिल्लो आवको पहिलो त्रैमासमा भने कम्पनीले विद्युत बिक्रीबाट ६ करोड ३३ लाख आर्जन गरेको थियो । कम्पनीले यो अवधिसम्म ३ लाख २४ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । कम्पनीको प्रशासनिक खर्च १८ लाख ४४ हजार रुपैयाँ र वित्त खर्च ११ लाख १५ हजार रहेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ १७ करोड १८ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिसम्म भने १४ करोड २८ लाखमा सीमित थियो । यो अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति १५ करोड ५६ लाख र कुल चालु दायित्व ६५ लाख २९ हजार रुपैयाँ छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) २१.११ रुपैयाँबाट घटेर १९।४० रुपैयाँ कायम भएको छ ।

यस्तैकम्पनीको प्रतिशेयर नेटवर्थ ११८.३३ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य १२३.८८ रुपैयाँ, तरलता अनुपात २३.८४ प्रतिशत र मूल्य आम्दानी अनुपात २७.७२ गुणा कायम छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*