बन्दीपुर केबलकार र स्वस्तिक लघुवित्तको पहिलो कारोबार सुरु, कतिमा भयो ?
२५ कार्तिक २०८२, मंगलवार ११:०९

काठमाडौँ । स्पेशल प्रि ओपन सेसनमा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबार भएको छ। बन्दीपुरको शेयर प्रतिकित्ता २८५ रुपैयाँमा पहिलो कारोबार भएको हो भने स्वस्तिकको शेयर प्रतिकित्ता ३९१ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो।
दुबै कम्पनीको शेयर सोमबार नेप्सेमा सूचीकृत भएको थियो। बन्दीपुरको कुल २ करोड ८३ लाख कित्ता स्वस्तिकको ५ लाख ७७ हजार ५०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।













