कर्जाको सदुपयोग गरी आम्दानी वृद्धि गर्दै नियमित किस्ता तिरेकी स्याडालाई प्रोत्साहन पुरस्कार

२५ कार्तिक २०८२, मंगलवार १७:४५

काठमाडौँ ।  ‘लिएको कर्जा सदुपयोग गरी आम्दानी बृद्धि गरौं, नियमित किस्ता तिरी वित्तीय अनुशासन कायम गरी असल संस्कार सन्ततिमा हस्तान्तरण गरौं’ भन्ने उद्देश्यअनुरूप यस वित्तीय संस्थाले नियमित किस्ता तिरेका सदस्यलाई प्रोत्साहनस्वरूप पुरस्कार वितरण गरेको छ।

एनआईसी एशिया लघुवित्त सुदूरपश्चिम प्रदेशअन्तर्गत देउलेखस्थित शाखा कार्यालय (केन्द्र नं. ०४९) मा आवद्ध सदस्य सरस्वती स्याडा लाई उक्त अभियानअन्तर्गत सम्मान गरिएको हो। उनले २०८१ फागुन २३ गते लिएको कर्जाको सबै किस्ता समयमै तिरेर २०८१ कात्तिक २४ गते पूर्णरूपमा चुक्ता गरेकी थिइन्।

कर्जा चुक्ता गरेपछि सरस्वती स्याडालाई प्रति हजार १५ रुपैयाँका दरले गणना गरिएको कुल ४,५०० रुपैयाँको प्रोत्साहन रकम शाखा प्रमुख सीता साउद र फिल्ड कर्मचारी लक्ष्मी अधिकारीले टीका लगाई हस्तान्तरण गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*