यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

२६ कार्तिक २०८२, बुधबार ०७:२०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ३५ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, तने बोडी १८० रुपैयाँ, तीते करेला १४० रुपैयाँ र लौका १०० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी हरियो डल्ले फर्सी ७० रुपैयाँ, बरेला ३० रुपैयाँ, इस्कुस १० रुपैयाँ, रायोको साग १२० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ, कन्य च्याउ २२० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ र ब्रोकाउली १५० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*