अध्ययनका लागि लन्डन गएका नेपाली युवा मृतावस्थामा फेला

२६ कार्तिक २०८२, बुधबार ०८:१८

काठमाडौं । अध्ययनका लागि बेलायत गएका सल्यान भल्चौर–७ का २६ वर्षीय योमन चन्द मंगलबार बिहान साढे ९ बजे मृतावस्थामा फेला परेका छन्।

एक वर्षअघि मात्र युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएससी कम्युनिकेसन्स एण्ड इन्फर्मेसन इन्जिनियरिङको अध्ययनका लागि लन्डन गएका चन्द सुतिरहेकै बेला मृतावस्थामा फेला परेका हुन्।

राति सन्चो छैन भन्दै सुतेका चन्द बिहान एकाएक मृत फेला परेपछि लन्डनका सरकारी अधिकारीहरूले घटनाको छानबीन गरिरहेका छन्। फरेन्सिक प्रक्रिया पूरा भएपछि शव पोस्टमार्टमका लागि लगिने तयारी रहेको बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*