लोक सेवा आयोगद्वारा १७० जना कर्मचारी माग (सूचनासहित)

२६ कार्तिक २०८२, बुधबार १२:३४

काठमाडौं । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन खुलाएको छ । बुधबार आयोगले एक सूचना प्रकाशित गर्दै निजामतीतर्फ प्राविधिकको राजपत्राङ्कित तृतीय श्रेणी र स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदहरूमा १७० जनाको लागि आवेदन खुलाएको हो ।

आवेदन फाराम आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट भर्न सकिने सूचनामा उल्लेख छ । योग्यता पुगेका इच्छुक नागरिकले आगामी मङ्सिर १६ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर मङ्सिर २३ गतेसम्म आवेदन दिन सकिने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*